देशभर थपिए १८०१ कोरोना संक्रमित, २४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८ सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ७ सय ४ पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ४८ जना र २ हजार ६ सय २२ एन्टिजेन परीक्षण गर्दा २ सय ५३ गरी १ हजार ८ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ७ लाख ४८ हजार ९ सय ८१ जनामा र एन्टिजेन विधिबाट ८० हजार ४ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने १ हजार ९ सय २४ जना निको भएका छन् । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ५ सय ३३ पुगेको छ भने ७ लाख ९७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५१ जना रहेका छन् । जसमध्ये ३५ हजार १ सय ३२ जना होम आइसोलेसनमा , ३ हजार २ सय १९ जना संस्थागत आइसोलेसनमा र ३ सय ९३ क्वारेन्टाइनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६ सय ७९ जना आईसीयू र १ सय ७६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार