तयारी नपुगेको भन्दै एमालेले सार्‍यो स्थायी कमिटी बैठक

काठमाडौँ । नेकपा एमालेको स्थायी समिति बैठक मंगलबार ३ बजे सम्मकालागि पर सारिएको छ। मंगलबार ११ बजेका लागि तय भएको बैठक चार घण्टा पर सारीएको हो।

तयारी पुरा नभएकाले बैठक केही घण्टा पछि सार्नुपरेको बताइएको छ। आजको बैठकमा एमालेमा तेस्रो धारका भनिएका नेताहरू समेत सहभागी हुँदैछन्।

नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्ने अन्तिम तयारी गरिरहेका बेला अध्यक्ष ओली र तेस्रो धारका नेताहरुबीच सोमबार भएको छलफलपछि उनीहरू ओलीले बोलाएको बैठकमा सहभागी हुन तयार भएका हुन्। बैठक ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बस्नेछ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार