काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालप्रति कटाक्ष गर्नुभएको छ । उहाँले माधवकुमार नेपाल समूहले नेताहरुलाई बलजफती रिसोर्टमा लगेर राखेको आरोप लगाउनुभएको छ । यो ‘अपहरणकारी ज्यादतीपूर्ण’ काम भएको उहाँले बताउनुभयो ।
एमालेले बुधबार गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले एमालेका नेताहरुलाई चन्द्रगिरि डाँडामामा लगेर बलजफ्ती राखेको बताउनुभयो। ‘घरघरबाट मान्छे टिपेर रिसोर्टमा लगेर तीनदिनदेखि मान्छे थुनेर रखिएको छ। त्यो पनि यहाँ वरिपरि होइन उहाँ पर टाकुरामा लगेर राखिएको छ’, उहाँले भन्नुभयो, ‘तीन दिनदेखि थुनेर रिसोर्समा लगि ढोक्सेमा हालेर निर्वाचन आयोगमा घोप्ट्याउने काम भयो। यो काम लोकतान्त्रिक होइन, वास्तवमा भन्ने हो भने यो बलजफ्ती अपहरण र ज्याजदीपूर्ण काम हो।’
कुटपिट गरियो भने आफूले नभन्ने, तर घेराबन्दी गरेर घर–घरबाट लगेर राखेको उहाँले बताउनुभयो । ‘फकाइ–फकाइ लगेर गुलिया बचन बोलेर, मिठै खान दिएर थुनिएकै हो’ उहाँले भन्नुभयो, ,‘सुनकै पिँजडा भए पनि आखिर त्यो पिँजडै हो ‘ ।