पोखरा । माओवादी केन्द्रले गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारी हितराज पाण्डेलाई सुम्पेको छ । पूर्वमन्त्रीसमेत रहनुभएका पाण्डे शहीद परिवारका सदस्य हुनुहुन्छ । यसअघि पनि उहाँ सोही जिम्मेवारीमा हुनुहुन्थ्यो।
तर, एमालेसँगको एकीकरणपछि उहाँ नेकपा गण्डकीको अध्यक्ष बन्नुभएको थियो । पछिल्लो समय सो जिम्मेवारी देवेन्द्र पौेडेलले सम्हाल्दै आउनुभएको थियो । यसपटक माओवादी केन्द्रबाट उहाँलाई संघीय मन्त्री बनाउने तयारी गरिएको छ । पौडेल मन्त्री बन्ने भएपछि यहाँ पार्टी अध्यक्ष प्रचण्डका विश्वासपात्र मानिने पाण्डे इञ्चार्जमा आउनुभएको हो ।
यता, गण्डकी सह–इञ्चार्जको जिम्मेवारी यसोदा गुरुङ सुवेदीलाई दिइएको छ । उहाँ नेता देव गुरुङकी धर्मपत्नी हुनुहुन्छ । प्रदेश अध्यक्षको जिम्मेवारी हरि अधिकारीले पाउनुभएको छ । माओवादीले जिल्ला कमिटीका इञ्चार्ज तथा अध्यक्षको जिम्मेवारी एमालेसँग एकीकरण अघिकैलाई दिएको छ । अहिले कास्की जिल्ला इञ्चार्जमा राजकाजी गुरुङ (करण ) पोखरा महानगरपालिकाको इन्चार्जको जिम्मेवारी प्रदेश सांसदसमेत रहेका दीपक कोइरालाले पाउनुभएको छ । dhorpatannewsबाट