‘पात खस्दैमा नयाँ पालुवा उम्रिन रोकिँदैन’–ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई ‘कुलङ्गार नेता’ को संज्ञा दिनुभएको छ ।शनिबार ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले फुटेको नभइ केही विग्रिएका मान्छेहरुले छाडेको बताउनुभयो।

नव गठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले भन्नुभयो ,‘रुखबाट केही पातहरु खस्दैमा नयाँ पालुवा उम्रिन रोकिँदैन । पालुवाहरु पलाइरहेका छन्।’

महासागरजत्रो पार्टीमा पौडी खेल्न पुगेन भनेर खाल्डो खनेको उहाँको भनाई छ । माधव नेपाललाई ‘कुलङ्गार नेता’ को संज्ञा दिँदै उहाँले भन्नुभयो , ‘महासागरजत्रो पार्टी छ, पौडी खेल्न पुगेन भनेर खाल्डो खन्छन् । कोही मान्छेलाई सानै भएपनि आफ्नो घरको राजा हुन मन लाग्छ ।’

ओलीले माधव नेपाल प्रतिक्रियावादीसँग मिलेको आरोप समेत लगाउनुभयो। त्यस्ता मान्छे पार्टीबाट बाहिरिएर कुनै फरक नपर्ने ओलीको भनाई छ ।

‘हामीले सम्झाउन खोज्यौँ । बुझाउन खोज्यौं । मैले बिसौपटक फोन गरेँ । जहाँ जहाँ भन्यो त्यहीँ धाएर भेटेँ । नराम्रो कुरा भइसक्यो, अब चिन्ता गरेर बस्ने होइन । एक दुईवटा पात खस्दैमा रुख पीर मानेर बस्दैन,’उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार