मंगला गाउँपालिकामा तरुणदल पुनगर्ठन तथा लोकतान्त्रिक खेलकुद संघ गठन

बेनी । म्याग्दीको मंगला गाउँपालिकामा पालिका स्तरिय नेपाल तरुणदल पुनगर्ठन तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ गठन गरिएको छ । नेपाल तरुणदल म्याग्दी र नेपाल लोकतान्त्रिक खेलकुद संघ म्याग्दीको संयुक्त आयोजनामा पालिका स्तरिय तरुणदल र खेलकुद संघ गठन गरिएको नेपाल राष्ट्रिय मगर संघ म्याग्दीका अध्यक्ष तथा तरुणदल म्याग्दीका कोषाध्यक्ष हिराबहादुर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार ,नेपाली कांग्रेसको भातृ संगठन तरुणदल मंगला गाउँपालिकाको अध्यक्षमा विपिन खड्का उपाध्यक्षमा राम बहादुर खत्री ,निर्मलसिंह ठकुरी ,सुमन घर्ति मगर ,कुमार लामिछाने विक ,प्रताप रोका,लक्षमण घर्ति मगर, सचिव धनबहादुर केसी र निरोज खड्का ,कोषाध्यक्ष बिमला श्रीपाली लगायत ५४ सदस्यीय समिति गठन गरिएको छ । खेलकुद संघको अध्यक्षमा रमेश केसी ,उपाध्यक्षमा प्रेम पुन ,याम खड्का ,एलिन केसी ,सुमन पुर्जा, दिपेन्द्र तुलाचन ,सचिव मिलन गुरुङ, अनिता रोका , कोषाध्क्षमा ललिन्द्र थापा र क्रितिज घर्ति क्षेत्री सहित ४९ सदस्य समिति गठन गरिएकाे छ ।

नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । उहाँले विपक्ष दलहरुको अलोकतान्त्रिक गतिविधिलाई तरुण युवाहरु एकजुट भएर खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । तरुण दल पार्टीको खम्बा भएको सभापति गर्बुजाले बताउनुभयो । विभिन्न बाहनामा कम्युनिष्ट पार्टीले जनतालाई पटक–पटक धोका दिँदै आएको र कांग्रेसको पक्षमा बढ्ढै गएको जनलहरले आगामी आम निर्वाचनमा पार्टीले बहुमत ल्याउने उहाँको भनाई छ ।

कार्यक्रममा संविधानसभा सदस्य तथ निवर्तमान जिल्ला सभापति रेशमबहादुर बानियाँ ,पुर्व जिल्ला सहसभापति नेत्रबहादुर महत ,उपसभापति माधव रेग्मी ,सचिव तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ ,सचिव क्याप्टेन मिनबहादुर कार्की ,मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर ,तरुणदल जिल्ला अध्यक्ष मुकुन्द छन्त्याल ,प्रवक्ता अजयमिलन श्रेष्ठ , जिल्ला सदस्य केबी भण्डारी ,जिल्ला सदस्य ओम छन्त्याल ,नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचन ,कांग्रेस प्रदेश सभा क्षेत्र ‘ख’ का उपसभापति मेकबहादुर पुन , नेता  बलभद्र ढकाल लगायत जिल्लाका नेताहरुले युवाहरु एकजुट भएर विपक्ष दलको अलोकतान्त्रिक गतिविधिहरुको खबरदारी गर्दै जनताको सेवामा लाग्नुपर्नेमा जोड दिए । तरुणदल अध्यक्ष विपिन खड्काको सभापतित्व नेपाली कांग्रेस मंगला गाउँपालिका सभापति नरसिंह केसीको स्वागत र कांग्रेस प्रदेश सभा क्षेत्र ‘ख’ का सचिव श्रीराम पौडेलले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार