मोना पोर्तुगलको अध्यक्षमा निस्कोटका रबिन पुन

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्तुगल (केन्द्र)को अध्यक्षमा रबिन पुन चयन हुनुभएको छ । आइतबार सम्पन्न सातौं अधिवेशनबाट पुनको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अध्यक्ष पुन म्याग्दीको मालिका गाउँपालिका–१ ,निस्कोटको हुनुहुन्छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सविन शाही, उपाध्यक्ष नर फगामी, उपाध्यक्ष नारायण तिलिजा, उपाध्यक्ष मोहन राना, महिला उपाध्यक्ष देवी गर्वुजा, महासचिव दिपु फगामी, सचिव तेजेन्द्र छन्त्याल, कोषाध्यक्ष राजिन भण्डारी, सह–कोषाध्यक्ष रविन पाईजा, खेलकुद संयोजक किसान श्रेष्ठ, युवासंयोजक–विकास सुबेदी, साँस्कृतिक संयोजक एलिजा राम्जाली चयन हुनुभएको मोना अन्तर्रास्ट्रिय कार्यसमिति युरोप संयोजक निरोज कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै सदस्यहरुमा मिलन पुर्जा, उमा वुदुजा, दिबस भण्डारी, कविन सेन, अर्विन पुन, ज्ञान बुढाथोकी, उमेस छन्त्याल, सुवास मल्ल, इन्द्र केसि, देविन तिलिजा, दिपक गुरुङ, राजेन्द्र सापकोटा, संरक्षक धन थापा , महिला संरक्षक दुर्गा पाइजा सल्लाहकार लक्षुन रोका ररविन थापा चयन हुनुभएको छ । अध्यक्ष पुनले मोनाको निति तथा कार्यक्रम अनुसार अगाडी बढ्ने बताउनुभयो । उहाँले पोर्तुगलमा रहेका म्याग्दीलिहरुको हकहितमा रहेर काम गर्ने समेत बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार