सत्तारूढ गठबन्धनको बैठक सकियो, मन्त्रालय भागबन्डामा किचलो

काठमाडौं । सत्तारूढ गठबन्धनमा आबद्ध चार दलका नेताहरूबीच आज बसेको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको गठबन्धनका नेताहरूको बैठकमा अबको बैठकमा सभापति तथा अध्यक्षहरू मात्र बस्ने समझदारी भएको छ । अर्को बैठकको समय भने तोकिसकिएको छैन ।

शीर्ष नेताहरूको बैठकमा अझै पनि मन्त्रालयको भागबन्डा मिल्न सकेन । एक राज्यमन्त्रीसहित ६ मन्त्री सबै दललाई बराबरी हुने गरी बनाउने एकमुष्ट समझदारी भए पनि कुन मन्त्रालय कसले पाउने भन्ने विषय विवादित बनेको बुझिन्छ । स्रोतका अनुसार अर्को बैठक गठबन्धन दलका सभापति तथा अध्यक्षहरू मात्रको बस्ने समझदारी भएका हो । आज बिहान ९ बजेको बैठकमा सबै दलले दोस्रो तहका नेताहरू समेत राखेर छलफल गरेका थिए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार