बेनी नगरपालिकाको विशेष नगर सभा तथा बार्षिक समिक्षा, कर्मचारी समायोजन सम्बन्धी विद्येयक पारित (तस्बिर सहित)

म्याग्दी । जिल्लाको बेनी नगरपालिकाको विशेष नगरसभा तथा बार्षिक समिक्षा सम्पन्न भएको छ । मंगलबार सम्पन्न विशेष नगरसभाले ‘स्थानीय सेवामा कार्यरत कर्मचारीको समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७८’पारित गरेको छ ।

नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको नगरसभामा विधायन समितिका संयोजक हिराबहादुर थापाले विद्येयक छलफलका लागि प्रस्तुत गर्नुभएको थियो । विद्येयक पारित भएपछि साबिकका नगर र अन्य स्थानीयत निकायबाट सरुवा भई बेनी नगरपालिकामा पदस्थापन भएका कर्मचारीहरुको तह समायोजन गर्ने बाटो खुलेको छ ।

कर्मचारी समायोजन ऐन ,२०७५ को दफा ९६० को उपदफा ९४० लाई आधार मानी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को उपदफा ९१०२०को उपदफा ९१० बमोजिम स्थानीय सेवाका कर्मचारी समायोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताउनुभयो । ‘ नगरपालिकाको विशेष नगरसभाले  स्थानीय सेवामा कार्यरत कर्मचारीको समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक –२०७८ पारित गरेकाे छ ,’उहाँले भन्नुभयो ,‘राजपत्रमा सुचना प्रकाशन गरेपछि पारित भएकै मितिदेखि तह समायोजन हुने भएको छ ।’

कम्तीमा ५ बर्ष स्थायी रुपमा कार्यरत र न्युनतम शैक्षिक योग्यता पुगेका कर्मचारीहरुको एक तह बढाएर समायोजन गरिएको छ । न्युनतम शैक्षिक योग्यता नपुगेका कर्मचारीहरुको साबिकको तहमा दुई ग्रेड थप भएको छ ।नगरसभामा गत आर्थिक बर्ष २०७७÷७८ मा भएका योजना तथा कार्यक्रम र बजेट कार्यान्वयनको बिषयमा समिक्षा गरिएको छ । गत आर्थिक बर्षमा पुँजिगत तर्फ ८० दशमलब ०८ प्रतिशत र चालुतर्फ ८२ प्रतिशत बार्षिक प्रगति भएको छ ।

पुँजिगत शिर्षकमा २२ करोड ७५ लाख १७ हजार ८१२ समेत कुल ६८ करोड ६८ लाख २६ हजार १२१ रुपैयाँ बजेट विनियोजन भएकोे थियो । पुँजिगतको १८ करोड २५ लाख ४३३ रुपैयाँ सहित कुल ५६ करोड २६ लाख २४ हजार १०४ रुपैयाँ खर्च भएको नगर उपप्रमुख सन्जु बरुवालले जानकारी दिनुभयो । उहाँका अनुसार कुल चार करोड तीन लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखिएकोमा कुल तीन करोड ४१ लाख ६२ हजार ८८३ रुपैयाँ खर्च भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार