जनता माविमा छात्रवृत्ति र ड्रेस वितरण

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर४ स्थित जनता माविमा छात्रवृत्ति र ड्रेस वितरण गरिएको छ । दग्नाम घर भई हाल बैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहनुभएका यौमन गर्बुजा र इजरायलमा रहनुभएकी उहाँकी दिदी बिष्णु गर्बुजाको आर्थिक सहयोगमा विद्यालयमा अध्ययनरत २८ जना गरिब ,जेहेन्दार, अनुशासित र विपन्न परिवारका विद्यार्थीलाई ४० हजार रुपैयाँ बराबरको स्कुल ड्रेस वितरण गरिएको हो ।

रत्न स्मृति छात्रवृत्ति कोषबाट पाँच जनालाई जनही एक हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रअ गुन बहादुर पुनले जानकारी दिनुभयो । उक्त छात्रवृत्ति र ड्रेस बुधबार एक कार्यक्रमका विच वडा सदस्य सबिता बर्देवा ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनिलाल गर्बुजा लगायतले उत्त ड्रेस र छात्रवृत्ति विद्यार्थीलाई हस्तान्तरण गर्नुभएको थियो ।प्रअ पुनका अनुसार गर्बुजा दिदीभाईले स्वर्गिय बुबा रत्नबहादुरको स्मृतीमा बि.सं.२०७३ सालमा पचास हजार रुपैयाँको रत्न स्मृती छात्रवृत्ति कोष स्थापना गर्नुभएको थियो । सोही कोषको ब्याजबाट बर्षेनी विद्यालयमा अध्ययनरत पाँच जना दलित, जेहेन्दार ,गरिब र अनुशासित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।

कार्यक्रममा वडा सदस्य बर्देवा र विव्यसका अध्यक्ष गर्बुजाले सहयोगदाता दिदीभाईलाई धन्यवाद तथा आभार व्यक्त गर्नुभयो । सहयोगले गरिब ,विपन्न परिवारका विद्यार्थीको अध्ययनमा थप हौसला प्रदान गर्ने बताउनुभयो ।कार्यक्रममा प्रअ पुनले सहयोगदातालाई धन्यवाद व्यक्त गर्नुहुँदै सहयोगको लागि सबैलाई आग्रह गर्नुभयो । शिक्षक खड्क गर्बुजाले संचालन गर्नुभएको कार्यक्रमम शिक्षक प्रकाश आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक संघकी अध्यक्ष राजकुमारी गर्बुजा ,विव्यस सदस्य डेक पुन र शिक्षक धिरेन्द्र वलीले मन्तव्य राख्नुभएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । कक्षा दश सम्म पढाई हुने विद्यालयमा एक सय ५७ जना विद्यार्थी अध्ययनरत छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार