
बुटवल । लुम्बिनी प्रदेश सभाको भदौ १७ गतेको लागि बोलाएको बैठक स्थगित भएको छ । बैठक भदौ ३० गतेसम्म लागि स्थगित भएको प्रदेश सभा सहप्रवक्ता तथा सूचना अधिकारी विमला पौडेलले बताउनुभयो ।यसअघि प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेश सभाको बैठक पुनः स्थगित गरिएको हो।
भदौ १८ गते नेपाली काँग्रेसको अधिवेशनसमेत रहेकाले र प्रमुख प्रतिपक्ष दल एमालेसँग बैठक चलाउने विषय सहमति नजुटेका कारण स्थगित गर्नुपर्ने हो ।विपक्षी दल एमालेले आफूहरूको माग सम्बोधन नभएसम्म बैठक अवरुद्ध गर्ने अडान कायम राखेको एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता बैजनाथ चौधरीले रातोपाटीलाई बताउनुभयो ।
नेकपा एमालेले सूर्य चुनाव चिह्न लिएर निर्वाचित तत्कालीन नेकपाकी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वली र अजय शाहीलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै बैठक अवरुद्ध गर्दै आएको त्यो उक्त अडान अझै कायम रहेको चौधरीको भनाइ छ । एमालेका सांसदहरू मुख्यमन्त्री कुलप्रसाद केसी ले विश्वास मत बेला पनि सदनमा उपस्थिति जनाएको थिएन । रातोपाटीबाट