अन्नपूर्णको घारमा १०५ सदस्य तरुण दल गठन

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बुधबार राजाराम कार्कीको अध्यक्षतामा १०५ सदस्यीय नेपाली काँग्रेसको भातृ संगठन तरुण दलको वडा कार्य समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा रामचन्द्र बरुवाल, हरि गुरुङ, डम्मर परियार, सुजन परियार, सचिबमा हरि बरुवाल, प्रदिप खड्का, सहसचिबमा उज्जल बरुवाल, गोबिन्द परियार, गोकुल बरुवाल, कोषाध्यक्षमा सञ्जिबन बरुवाल र सहकोषाध्यक्षमा अश्विन परियार चयन हुनुभएको छ ।

नेपाली काँग्रेस वडा भेलाको अवसरमा विभिन्न पार्टीबाट ३२ जना काँग्रेस प्रवेश गरेका काँग्रेस म्याग्दीका जिल्ला सदस्य समेत रहनुभएका घारका वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार