कांग्रेसले धेरै ठाउँमा हार्नेछ : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले आगामी निर्वाचनमा नेपाली कांग्रेसले धेरै ठाउँमा पराजय भोग्ने टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका लागि महेश बस्नेत टाउको दुखाई बनेको भन्दै उहाँले कांग्रेस धेरै ठाउँमा हार्ने बताउनुभयो। उहाँले च्याखे थाप्नेहरु नेकपा माओवादी केन्द्र र माधव नेपालको नेकपा (एकीकृत समाजवादी) हालत के होला भनेर प्रश्न गर्नुभयो।

‘प्रधानमन्त्रीको टाउको दुखाइ महेश बस्नेत रहेछ। भक्तपुर आएर हराउँछु भन्नुभएछ,’ बस्नेतले भन्नुभयो, ‘आगामी निर्वाचनमा नेपाली कांग्रेस धेरै ठाउँमा हार्ने छ। पछिल्लो गतिविधिले अझै हार्नेछ। अझ माओवादी र एसको हालत के होला रु च्याखे थाप्नेहरुको चर्चा हुँदैन।’ केही दिनअघि प्रधानमन्त्री देउवाले भक्तपुरमा वडा अधिवेशनको उदघाटन गर्ने क्रममा दुर्लभ थापालाई हराउन बस्नेतलाई चुनौती दिनुभएको थियो ।

युवा संघको भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले अहिलेको सरकार काम गर्ने भन्दा पनि हल्ला गर्नेमात्रै भएको बताउनुभयो। ‘काम नगर्ने हल्लामात्रै गर्ने सरकार पाएका छौं। केपी ओली प्रधानमन्त्री हुँदा दिनदिनै शिलान्यास, उद्घाटन हुन्थे। कामहहरु हुन्थे। शिलान्यासै शिलान्यास, उद्घाटन नै उद्घाटन, विकासै विकास, समृद्धि नै समृद्धि थियो,’ बस्नेतले भन्नुभयो, ‘५५ दिनमा देउवाले दुइटामात्रै उदघाटन गर्नुभयो। एउटा ओली सरकारले बनाइदिएको बंगलामुखी मन्दिरको उदघाटन गर्नुभयो। दोस्रो एमालेसँग हारेको मेरै निर्वाचन क्षेत्रको वडा अधिवेशनको उद्घाटन गर्न जानुभयो।’

बस्नेतले कुकुरलाई घिउ नपचे जस्तै प्रचण्ड र माधवलाई पनि वाम एकता नपचेको र दुईतिहाइको पार्टी फुटाएको आरोप लगाउनुभयो। उहाँले सभामुख अग्नि सापकोटालाई पनि पदीय मर्यादामा बस्न चेतावनी दिनुभयो ।’सभामुख बनेपछि पार्टीबाट निस्किनुपर्छ। प्रचण्डको गुलाम बनेर कार्यकर्ता बनेर हिँडे तपाईसँग प्रत्यक्ष भेटघाट हुनेछ। त्यो बेला सदनमा प्रतिपक्षी देखिनेछ,’ उहाँले भन्नुभयो। nagariknews.nagariknetworkबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार