
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसदको हलमा आज दिउँसो २ बजे कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको संसदीय दलका सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो ।
बैठकमा बुधबार (भोलि) बस्न लागेको संसद अधिवेशन, बजेट, अध्यादेशलगायतका विषयमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते बुधबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशनको आव्हान गर्नुभएको छ । नागरिक खबरबाट