पाटन सङ्ग्रहालय भोलिदेखि खुला गरिने

ललितपुर । पाटन दरबार क्षेत्र रहेको ‘पाटन सङ्ग्रहालय’ बुधबारदेखि खुला गरिने भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बुधबारदेखि सङ्ग्रहालयलगायत दरबार क्षेत्रका अन्य पर्यटकीय स्थलसमेत खुलाइने जानकारी दिएका हुन ।

निषेधाज्ञासँगै गत वैशाख १६ गतेदेखि सङ्ग्रहालय बन्द गरिएको थियो । कोभिड–१९ अघि दैनिक झण्डै चारदेखि पाँच सय आगन्तुकले सङ्ग्रहालय भ्रमण गर्ने गरेका थिए । यो क्षेत्रमा देशकै शिखर शैलीमा ढुङ्गैढुङ्गाबाट बनेको २१ गजुर भएको कृष्ण मन्दिर, भीमसेन मन्दिर, चारनारायण मन्दिर र नरसिंह मन्दिर रहनुका साथै अशोक स्तम्भ र हिरण्यवर्ण महाविहारसमेत रहेका छन्।

पाटनमा सबैभन्दा लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कार्तिक नाच, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि पनि मनाइन्छ । पाटन परम्परादेखि चीनको खासा, ल्हासा र भुटानको थिम्पुसम्म हस्तकलाको व्यापार गर्ने व्यापारीहरूको पुरानो थलो पनि हो । पाटनमा विभिन्न काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका सामग्रीहरु निर्माण गरिन्छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार