मन्त्रिपरिषद् विस्तारको तयारीमा देउवा

काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा आफू रहेको बताउनुभएको छ । उहाँले नेताहरुसँग मन्त्री बन्नेहरूको नामावली मागेको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो ।

शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकको सुरुमै देउवाले आफू मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेको भन्दै नाम दिन नेताहरुलाई आग्रह गर्नुभएको थियो ।

मन्त्रालयगत रुपमा छलफल नभएपनि देउवाले मन्त्रीको नाम मागेपछि गठबन्धन बैठक साँझ ६ बजे पुनः बस्नेगरी टुंगिएको उहाँको भनाइ छ । आजको बैठकमा बहु विवादित एमसीसीको सन्दर्भमा भने गठबन्धनका नेताहरु कुनै छलफल नभएको पौडेलले दावी गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार