मन्त्री शर्माद्धारा घरेलु तथा साना उद्योग कार्यालयको निरिक्षण (फोटो फिचर)

बेनी । गण्डकी प्रदेशका पर्यटन ,उद्योग,वाणिज्य तथा आपुर्ती मन्त्री मणिभद्र शर्मा कँडेलले म्याग्दीको सदरमुकाम बेनी स्थित घरेलु तथा साना उद्योग कार्यालयको निरिक्षण गर्नुभएको छ । मन्त्री कंडेलले आइतबार निरिक्षणको क्रममा कार्यालयको अवस्था ,कार्यालयमा श्रोत र साधन तथा कार्याललयमा कार्यरत कर्मचारीहरुको अवस्थाको बारेमा जानकारी लिनुभयो ।

कार्यालय प्रमुख नन्दलाल पौडेलले निरिक्षणमा आउनुभएका मन्त्री कंडेललाई प्रशासनीक,कर्मचारी दरबन्दी लगायत कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । कार्यालय प्रमुख पौडेलले कार्यालयको आफ्नै भवन नहुँदा भाडाबाट कार्यालय संचालन भइरहेको जानकारी गराउनुभएको थियो । कार्यालयले आफ्नै नाममा जग्गा र भवनको व्यवस्थापनको लागि पहल गरिदिन  मन्त्री शर्मा समक्ष माग गरेको छ । कार्यालय प्रमुख पौडेलले कार्यसंचालनको लागि आवश्यक बजेट र सवारी साधन समेत माग गरेको छ ।

कार्यालय प्रमुख पौडेलले प्रदेशको आफ्नै कानुन नहुँदा कार्यसंचालनमा समस्या भएको जानकारी गराउनुभएको थियो । मन्त्री कंडेलले भवन निर्माणको लागि जग्गा उपलब्ध भएमा भवन निर्माण गर्न आवश्यक बजेटको लागि मन्त्रालयले पहल गर्ने बताउनुभयो । मन्त्री शर्माले कार्यालयबाट प्रदान हुने सबै सेवालाई सहज र सबैको पहुँचमा पुग्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेश सरकारले व्यवसायीक उत्पादनलाई जोड दिएको बताउनुभयो ।कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र बेनी नगरपालिकाका मेयर करिकुमार श्रेष्ठको उपस्थिती रहेको थियो ।

यसैगरी साेही अवसरमा मन्त्री शर्माले आइतबार बेनीमा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर) ,पार्टीका निवर्तमान सभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँँल गायत जिल्लाका नेता तथा कार्यकर्ताहरु संग भेट गर्नुभएको छ । मन्त्रीसंगको भेटमा सभापति गर्बुजाले जिल्ला स्थित पर्यटन क्षेत्र र विकासको बारेमा जानकारी गराउनुभएको थियो । म्याग्दी स्थित पर्यटकीय स्थलको विकासका लागि पुर्वाधार निर्माणमा जोड दिन सभापति गर्बुजाले आग्रह गर्नुभयो ।

उहाँले म्याग्दीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि प्रवद्र्धनात्मक कार्यक्रमहरु ल्याउन माग गर्नुभयो । सभापति गर्बुजाले म्याग्दीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकेमा पर्यटनबाट आर्थिक क्षेत्रमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री शर्माले प्रदेश सरकारले पर्यटन र उद्योगलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले म्याग्दीको पर्यटन क्षेत्रको विकासका लागि पहल गरिने आश्वासन दिनुभयो ।उहाँले पर्यटन प्रवद्र्धनको अभियानमा समेत लाग्न सबैलाई आग्रह गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार