मलेसियामा मोना गठन ,अध्यक्षमा केसी

म्याग्दी । मलेसियामा मोना गठन गरिएको छ । विहिबार  भर्चुअल माध्यमबाट सम्पन्न  भेलाबाट मोना मलेसियाको अध्यक्षमा रामचन्द्र केसी (आर.सि.खत्रि) चयन हुनुभएको छ ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले प्रवासमा रहेका म्याग्दीलीहरुलाई संगठित बनाउने अभियान अन्तर्गत मलेसियामा मोना गठन गरिएको हो ।

कार्यसमितिको उपाध्यक्षमा छम बहादुर शाही ,सचिवमा यज्ञ दत्त आचार्य ,सहसचिवमा विनय कुमार बि.क.,कोषाध्यक्षमा अनिल केसी खत्री ,संरक्षकमा बम बहादुर सुनार, सल्लाहकारमा लाल बहादुर रोका(एल.बि.मगर) चयन हुनुभएको मोना अन्तर्राष्ट्रिय कार्यसमितिका महासचिव बिक्रम कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सदस्यहरुमा हेम बहादुर बानियाँ,यामलाल शर्मा, दमन पुन ,रमेश केसी ,दुर्गा बहादुर केसी ,कर्ण बहादुर पुर्जा ,जोगिन्द्र श्रिस मगर ,गणेश कुमार महत, चित्र फगामी मगर ,पुर्ण रोका, होम बोहरा क्षत्री र सन्तोष किसान चयन हुनुभएको छ । कार्यक्रममा मोना अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष ओमनारायण जुग्जालीले नयाँ कार्यसमितिलाई बधाई दिनुभयो । उहाँले मलेसियामा कार्यरत म्याग्दीलिहरुलाई संगठित बनाई उनिहरुको हतहित र अधिकारका लागि मोनाले पहल थाल्नुपर्नेमा जोड दिनुभयो । मोनाले जिल्लामा सामाजिक तथा शैक्षिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार