
काठमाडौँ । सरकारले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहाललाई पनि विभूषण घोषणा गरेको छ । दाहाल पत्नी सीतालाई सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट विभूषण गर्ने निर्णय भएको हो ।
विभूषण सिफारिस दलीय भागबण्डामा भएको आरोप सरकारमाथि लागिरहेको छ । सीतालाई राजनीतिक अभियन्ताका रुपमा विभूषण दिइएको छ । उहाँको नाम ३६ औं नम्बरमा छ । गृहमन्त्रालयका प्रवक्ता फणीन्द्रमणी पोखरेलले पूर्वप्रधानमन्त्री पत्नी सीतालाई विभूषण सिफारिस गरिएको बताउनुभयो । ekantipurबाट