मोना जापानको अध्यक्षमा श्रेष्ठ

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको सातौं अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न अधिवेशनबाट सचिन श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बिशाल केसी ,उपाध्यक्षमा ओमप्रकाश तुलाचन, उपाध्यक्षमा हेम जुग्जाली, महिला उपाध्यक्षमा पबित्रा पुन,क्षेत्रीय उपाध्यक्षमा टिका छन्त्याल , महासचिवमा गणेश श्रेष्ठ ,सचिवमा सागर कार्की, कोषाध्यक्षमा ज्ञानेन्द्र कार्की ,सह–कोषाध्यक्षमा खिम बहादुर पुन र महिला संयोजकमा धना पुर्जा चयन हुनुभएको छ । सदस्यहरूमा कबिता भट्टचन,प्रदीप मगर,जिबन थापा मगर ,रेखा केसी, दिपक सुवेदी ,सिमन पुन , यूवा संयोजकमा निरोज पुन ,सांस्कृतिक संयोजकमा ढक प्रसाद जुग्जाली र भेगिय संयोजकमा भूपेन्द्र बरुवाल चयन हुनुभएको छ ।

मोना अन्तर्राष्ट्रिय कार्यसमिती अध्यक्ष ओम नारायण जुग्जालीको भर्चुल माध्यम जुम मार्फत प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जापानमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अनौपचारिक कार्यक्रमको संचालन सागर कार्किले गर्नुभएको थियो भने औपचारिक कार्यक्रम महासचिब गणेश श्रेष्ठले गर्नुभएको थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार