प्रतिनिधिसभा बैठक ७ गतेसम्मको लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको छ । एमाले सांसद्हरूको नाराबाजीबीच सोमबारको बैठकलाई कार्यसूचीमा प्रवेश गराएका सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक ७ असोज दिउँसो २ बजे बस्ने जानकारी दिएका हुन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस भन्ने प्रस्ताव राखेका थिए । सो प्रस्ताव बहुमतले पारित भएको हो ।तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले भदौ २५ गते प्रतिस्थापन विधेयक ल्याएको थियो ।बजेट पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिस्थापन विधेयक प्रमाणिकरण गर्नुपर्ने छ। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार