कांग्रेस म्याग्दीको गाउँ/नगर अधिवेशन : बढ्ढै सभापति आकाँक्षी

बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको गाउँपालिका र नगरपालिकाकाे अधिवेशन म्याग्दीमा यही ९ असोजमा हुँदैछ । एक नगरपालिका र ५ गाउँपालिका रहेको म्याग्दीमा अधिवेशन नजिकिएसंगै जिल्लामा चुनावी सरगर्मी पनि बढेको छ । कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई चुनावी चटारोले छोएको छ । नेताहरु भेटघाट र छलफलमा व्यस्त भएका छन् । जिल्ला बाहिर रहेका र जिल्ला केन्द्रित नेताहरु गाउँ÷नगर जान थालेका छन् । मुलुक संघीय संरचनामा गइसकेपछि पार्टीको तल्लो तहसम्म निर्वाचन मार्फत आन्तरिक प्रजातन्त्रको अभ्यास गर्ने कांग्रेस पहिलो पार्टी बनेको छ । कांग्रेस म्याग्दीका एक नेताका अनुसार अधिवेशनमा केही पालिकामा निवार्चन भएपनि अन्य पालिकामा भने सहमतिमै नेतृत्व चयन हुनेछन् । वडा तहदेखि नेता तथा कार्यकर्ताले सहमतिमै नेतृत्व चयन गर्न जोड दिँदै आएका छन् ।

जिल्लाको बेनी नगरपालिकाको सभापतिमा बिक्रम बोगटी संगै उहाँको नेतृत्वको प्यानलले बुधबार एक कार्यक्रमका विच उम्मेद्धारी घोषणा गर्नुभएको छ । भने रबिन्द्र कार्कीले पनि नगर सभापतिका लागि उम्मेद्धारी घोषणा गरिसक्नुभएको छ । नगर सभापतिमा हेमबहादुर खत्रीको चर्चा चलेपनि खत्रीले आधिकारीक उम्मेद्धारी घोषणा गर्नुभएको छैन् । नगर सभापतिका उम्मेद्धार बोगटीलाई संविधान सभा सदस्य तथा निवर्तमान जिल्ला सभापति रेशमबहादुर बानियाँको समर्थन रहेको छ । अर्का उम्मेद्धार कार्कीलाई जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ लगायत जिल्लाका नेताहरुको समर्थन छ । त्यस्तै जिल्लाको धवलागिरी गाउँपालिमा वर्तमान सभापति प्रेम पुन, सचिव नगेन्द्र मल्ल ,तेजेन्द्र थापा ,याम हर्मेल र हरिबहादुर छन्त्याल सभापतिका आँकाक्षी देखिनुभएको छ । सभापतिका आकाँक्षी देखिएपनि सहमतिमै नेतृत्व चयन हुने सभापतिका दावेदार मल्लले बताउनुभयो ।

मालिका गाउँपालिकामा वर्तमान सभापति खिमबहादुर पुन मात्र सभापतिका आकाँक्षी देखिनुभएको छ । गाउँपालिकाका एक नेताका अनुसार गाउँपालिकाको सभापतिमा वर्तमान सभापति पुनलाई नै दोहो¥याउने सहमति भएको छ । मंगला गाउँपालिकामा तीन जना सभापतिका आकाँक्षी देखिएका छन् । वर्तमान सभापति नरसिङ केसी ,गोपाल भट्टचन र श्रीराम पौडेल सभापतिका आकाँक्षी देखिनुभएको छ । पौडेल कांग्रेस प्रदेश सभा ‘ख’का सचिव र भट्टचन उपसभापति हुनुहुन्छ । सहमतिमै नेतृत्व चयन हुने पौडेलले बताउनुभयो ।जिल्लाको रघुगंगा गाउँपालिकाको सभापतिमा तीन जनाको चर्चा चलेको छ । वर्तमान सभापति जिवनकुमार मल्ल, मनकुमार शेरपुञ्जा र भवबहादुर भण्डारी गाउँपालिकाको सभापतिका आकाँक्षी देखिनुभएको छ । भण्डारी गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ भने मल्ल वडा नम्बर ३ र शेरपुञ्जा वडा नम्बर ६ का वडा अध्यक्ष हुनुहुन्छ ।

अन्नपुर्ण गाउँपालिकाको सभापतिका आकाँक्षी धेरै देखिएका छन् । कृष्णप्रसाद बरुवाल ,आत्मा तुलाचन ,क्याप्टेन रबिन्द्र पुन ,राजेश तिलिजा पुन ,क्याप्टेन बलबहादुर तिलिजा सभापतिका आकाँक्षी देखिनुभएको छ । पार्टी संगठनलाई थप मजबुत, सुदृढ र सशक्त बनाउन आफुले उम्मेद्धारी दिएको क्याप्टेन बलबहादुर तिलिजाले बताउनुभयो । उहाँले आकाँक्षी धेरै भएपनि सहमतिमै नेतृत्व चयन हुने बताउनुभयो । गाउँ÷नगर अधिवेशनका लागि सबै पालिकामा मतदान अधिकृत खटाइएको जिल्ला सचिव क्याप्टेन मिनबहादुर कार्कीले जानकारी दिनुभयो । जिल्लामा करिब ७ सय २१ जना क्षेत्रीय प्रतिनिधि संख्या रहेका छन् । १८ भदौमा सम्पन्न वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चुनिएका हुन् ।पार्टी जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले ९ असोजमा हुने गाउँ÷नगरको अधिवेशनमा पार्टीलाई एकताबद्ध ,थप मजबुत र सशक्त बनाउन सहमतिमै नेतृत्व चयन गर्न आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार