प्रभु शाहको ८ बुँदे माग : सम्बोधन नभए एमालेमा नबस्ने

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय सदस्य प्रभु साहले एमालेको केन्द्रीय कमिटी बैठकमा ८ बुँदे माग पेस गर्नुभएको छ। उहाँले आज तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा आफ्नो तर्फबाट ८ बुँदे माग पेस गरेको र उक्त मागको सम्बोधन नभए आफूले एमाले बस्न नसक्ने बताउनुभएको छ ।

साह पछिल्लो समय एमालेको कुनै पनि कार्यक्रमहरुका उपस्थित भएको देखिँनुभएको छैन । आइटी आर्मीको रुपमा गृहजिल्लामा सक्रिय रहेका साहले आफूलाई प्रदेश २ को अध्यक्ष नदिएपछि ओलीसँग रिसाउनुभएके छ । उहाँले आजको केन्द्रीय कमिटी बैठकमा आफ्नो तर्फबाट विभिन्न माग राख्दै ८ बुँदे माग पेस गर्नुभएको छ । जसमा नेकपा विभाजनपछिको अवस्थामा आफूहरु माओवादी छोडेर एमालेमा आएकाहरुको सम्मानजनक व्यवस्थापन र पार्टीमा जनताको जनवाद लागु गर्नुपर्ने रहेको छ ।

माओवादी छोडेर एमालेमा प्रवेश गर्ने सांसदहरुमा साह सबैभन्दा राम्रो जनाआधार भएको सांसदको रुपमा रहेहनुभएके छ । उहाँले अहिले पनि रौतहटमा चुनाव जित्ने हैसियत राख्ने अवस्थामा हुनुहुन्छ । उहाँले अहिले एमालेमा स्थायी कमिटी सदस्य माग गर्नुभएको छ । उहाँले मुख्य अन्तरविरोध प्रदेश २ मै देखिन्छ ।नेकपाकालमा समेत उहाँ प्रदेश २ को अध्यक्ष रहेको साहलाई एमाले भएपछि उनीसँगै एमाले बनेकी ज्वालाकुमारी साहलाई अध्यक्ष बनाइएको छ ।

उहाँले उक्त कुरा चित्त बुझाउनुभएको छैन। त्यस्तै उहाँले प्रदेशमा जिल्ला कमिटीहरु चयन गर्ने विषयमासमेत ज्वालाले एकलौटी गरेको भन्दै अस्वीकार गर्दै आउनुभएको छ । उहाँले एमालेलाई जेठ २ मा नभई जेठ ३ पछिको अवस्थामा लैजानुपर्ने माग गर्नुभएको छ । उहाँले जनताको बहुदलीय जनवाद नभई नेकपाकालीन अवस्थमा लिइएको जनताको जनवादलाई विकास गर्दै जानुपर्ने माग रहेको छ । उहाँले एमालेमा आफूहरुको व्यवस्थापन माओवादीको जिम्मेवारीमा भएअनुसार हुनुपर्ने बताउनुभएको छ । नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार