भिम माविमा कक्षा ११ संचालन ,शिक्षा र व्यवस्थापन संकायको अध्यापन सुरु

लिला पुर्जा

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नंं. ५ देविस्थान स्थित  भिम माविमा  कक्षा ११ अध्यापन सुरु भएकाे छ । शुक्रबार एक कार्यक्रमका विच वडा अध्यक्ष पिपला बुढाले उद्घाटन गरेर शुभारम्भ भएको हो । साेही कार्यक्रममा   नव आगन्तुक शिक्षक तथा विद्यार्थीहरुलाई स्वागत गरिएकाे छ । उद्घाटन गर्नुहुँदै वडा अध्यक्ष बुढाले गाउँमै कक्षा ११ सञ्चालन हुन लागेकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले कक्षा ११ र १२ को लागि पढ्न बजार झर्नुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गर्नुभयो ।वडा अध्यक्ष बुढाले भर्ना भएका विद्यार्थिहरुलाई उज्जवल भविष्यको शुभकामना दिनुभयो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार दिलबहादुर पुनको अध्यक्षता ,शिक्षक दिनेश ढकालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन शिक्षक नरबहादुर विश्वकर्माले गर्नुभएको थियो ।

विद्यालयका लेखापाल सुवास पुनका अनुसार विद्यालयमा व्यवस्थापन र शिक्षा संकायका पढाइ  हुनेछन् । अहिले सम्म २३ जना विद्यार्थी भर्ना भएको र भर्ना हुने क्रम जारी रहेको छ । कक्षा ११ र १२ सञ्चालनकाे लागि गाउँपालिकाबाट स्विकृत प्राप्त गरेको छ ।कार्यक्रमका अध्यक्ष सुवेदार  पुनले आफ्नै गाउँ घरमा कक्षा ११ सञ्चालन भएकोमा खुशी व्यक्त गर्नुभयाे  ।विद्यालयका प्रअ डम्बर बहादुर घर्तिले पढन आउने विद्यार्थीहरुको उच्च शिक्षाका लागि आफु कतिबद्ध रहेको बताउनुभयो ।

त्यस्तै भुतपूर्व अध्यक्ष तथा सल्लाहकार निम बहादुर पुनले  ११ र १२ कक्षा अध्ययनका लागि विद्यार्थी गाउँ छाडेर बजार जानु नपर्ने बताउनुभयो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार