
काठमाडौँ । इजरायलको लागि केयरगिभरमा काम गर्न जान पाउनेहरुको संख्या वैदेशिक रोजगार विभागले सिफारिस गरेको छ । केयरगिभरको लागि परीक्षामा सहभागी भएकाहरुमध्येबाट एक हजार ६ सय जना सिफारिस गरिएको छ ।
विभागले भाषा परीक्षामा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट योग्य भएका एक हजार ६ सयलाई इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी(पिआइबीए)लाई सिफारिस गरेको हो ।
नेपालस्थित इजरायली दूतावासले माग गरेअनुसार ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नामावली सिफारिस गरिएको छ । उक्त सूचिबाट इजरायलको पिआइबिएले छनोट गर्नेछ । पिआइबीएले छनोट गरेका व्यक्तिहरु र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ । रोजगार सम्झौता भएका व्यक्तिहरु इजरायल जान पाउने छन् । नागरिक खबरबाट