कांग्रेस बेनी नगर अधिवेशन :मतदान सकियो ,मतपरिणाम आजै आउने

बेनी । नेपाली कांग्रेस बेनी नगरपालिमा नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ । आइतबार बिहान ११ :५ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । एक सय ६७ मत खसेको छ । नगरपालिकामा क्षेत्रीय प्रतिनिधि संख्या एक सय ७० जना रहेका छन् ।मुचुल्का उठाए लगत्तै मतगणना सुरु गर्ने निर्वाचन समितिले तयारी गरेको छ ।

सभापतिका प्रत्यासी उम्मेदवार विक्रम बोगटी र रविन्द्र कार्कीले पहिलो मतदान गगर्नुभएको थियो । शनिबार सुरु भएको अधिवेशनमा सहमतिबाट नेतृत्व चयन नभएपछि सभापति सहित पदाधिकारीमा मतदानबाट नेतृत्व चयन गर्न लागिएको हो ।

यसैगरी बोगटीको प्यानलबाट उपसभापतिमा हरिप्रसाद पौडेल र मनकाजी घिमिरे सचिवमा रणबहादुर शाही र ज्ञानेन्द्रकुमार श्रेष्ठ सहसचिवमा शान्ति शर्मा र स्यानीमाया कार्की उम्मेदवार हुनुहुन्छ । भने कार्की प्यानलका तर्फबाट उपसभापतिमा मनोज कार्की,गंगाबहादुर खत्री,सचिवमा झलक जिसी,संगिता श्रेष्ठ र सहसचिवमा विन्दु खत्री र संगमकुमार विश्वकर्मा हुनुहुन्छ ।सभापतिमा युवा नेता बोगटी र कार्कीको प्यानल प्रतिस्पर्धामा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार