बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई दुर्व्यवहार,नगर प्रमुखबाट निन्दा

बेनी । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई आइतबार एक समूहले दुर्व्यवहार गरेको छ ।कार्यकक्षमा प्रवेश गरेको ५ जनाको समूहले प्रशासकीय अधिकृतलाई कालो पदार्थ छ्यापेका थियो। दुर्व्यवहारमा संलग्न मध्येका एकजना मुगुका १८ वर्षीय विजय विकलाई प्रत्यक्षदर्शी जनप्रतिनिधिले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । प्रहरीका अनुसार घटनास्थलमा नेत्र विक्रमचन्द ९नेकपा० निकट राष्ट्रिय युवा संगठनको सहयोग रसिद भेटिएको छ । एक थान मोबाइल सेट, घडी लगायत कागजात र सामग्री बरामद भएको प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले बताउनुभयो ।

‘घटनास्थलबाट पक्राउ परेकालाई सोधपुछ गरेर संलग्नहरुको खोजी सहित आवश्यक कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।दुर्व्यवहार हुँदा वडा नम्बर ७ का अध्यक्ष राजेन्द्र श्रेष्ठ र ९ का अध्यक्ष बेलबहादुर चोखाल कार्यकक्षमै हुनुहुन्थ्यो । प्रत्यक्षदर्शी श्रेष्ठले शंकास्पद र छापामार शैलीमा कार्यकक्षमा छिरेका उनीहरुले “दलाल” शब्द प्रयोग गर्दै कालो तरल पदार्थ छ्यापेका थिए । उक्त कालो पदार्थ सवारी साधनमा प्रयोग हुने मोबिल भएको अनुमान गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीले आफूलाई मागिएको चन्दा नदिएका कारण आक्रमण र दुव्र्यवहार भएको प्रतिक्रिया दिनुभयो। ‘उनीहरुले चन्दा मागेका थिए, मैले जनताले तिरेको कर र बिकास बजेट काटेर कुनै दललाई चन्दा दिन मिल्दैन भनेको थिए,’ सुवेदीले भन्नुभयो, ‘कार्यकक्षमा प्रवेश गरेर अरु केही कुरै नगरी सिधै आक्रमण गरे ।’ यस विषयमा नेकपाका जिल्ला सेक्रेटरी सुशिला विकले घटनामा आफनो पार्टी कार्यकर्ता र संगठनको संलग्नता नभएको दावी गर्नुभयो । ‘उहाँको विषयमा हामी प्रतिबन्धमा रहँदा पनि केही भ्रष्टाचारको गुनासो आएको थियो,’ उहाँले भन्नुभयो, ‘तर,आजको घटनामा हाम्रो संलग्नता छैन ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुवेदीमाथि दुब्र्यवहारमा संलग्नलाई कारबाहीको माग गरिएको छ। नगरप्रमुख हरिकुमार श्रेष्ठद्धारा विज्ञप्ती प्रकाशित गरि घटनामा संलग्नलाई कारबाहीको माग गरिएको हो ।

आइतबार दिउँसो करिब साढे १२ बजे कार्यकक्षमा प्रवेश गरेका चार जनाको समुहले प्रशासकीय अधिकृत सुवेदीलाई कालो झोलिलो पदार्थ प्रहार गरि दुव्र्यवहार गरेका हुन् । विज्ञप्तीम चन्दा आतंक र धरपकडले सुरक्षा चुनौती थपेको भन्दै फरार रहेका तीन जनालाई अबिलम्ब खोजी गरि आबश्यक अनुसंधान सहित कडा भन्दा कडा कारबाहीको माग गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सेवाग्राहीलाई सेवा प्रवाह गरिरहेको र केहि जनप्रतिनिधि समेत कार्यकक्षमै भएको समयमा उक्त समुहले सुवेदीमाथि दुव्र्यवहार गरेको जनाइएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार