थप ६७९ जनामा कोरोना संक्रमण, ७ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९ सय २० जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा १ हजार ४ सय ५ जना निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म ७ लाख ६९ हजार २ सय २४ संक्रमित निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय ४ रहेको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार १ सय ६४ पुगेको छ । हाल नेपालमा मृत्युदर १.४ प्रतिशत र निको हुनेको दर ९६.५ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार