
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रीहरुको शपथ हुने बताउनुभएको छ।
आफ्नो पार्टीका तर्फबाट मन्त्रीहरुको नाम टुंग्याएका प्रचण्डले त्यसको भोलिपल्ट बिहीबार बिहान पञ्चली एटके टेलिभिजनको उद्घाटन गर्दै आज साँझसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको हो ।“आज साँझसम्म शपथ ग्रहण भएर मन्त्रिपरिषद्ले पूर्णता पाउँछ,” प्रचण्डले भन्नुभयो ।
परर्वतनको आन्दोलनको नेतृत्व गर्ने अवसर आफूले पाएको हुनाले समावेशी, पिछडिएका वर्ग समुदायलाई अगागि बढाउने प्रयास गरिएको उहाँको भनाइ छ । यस क्रममा आफूले आफ्नो पार्टीका तर्फबाट महिला ५० प्रतिशत, दलित, मधेसीलगायत सबै समुदाय सरकारमा सहभागी गराउने निर्णय गरेको जानकारी दिनुभयो । नागरिक खबरबाट