पूर्वाग्रह यथावत रहेकोले एमाले छाडे:जोशी

काठमाडौँ । नेकपा (एमाले) परित्याग गरी भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्नुभएको छ । उहाँले १० बुँदे सहमति तथा अन्तर पार्टी निर्देशन १२ का निर्णयसमेत कार्यान्वयन नभएकोले पार्टी परिवर्तन गरेको बताउनुभयो।

उहाँले पछिल्लो समय पार्टीमा फेरि आग्रह पूर्वाग्रह यथावत रहेको पाइएको भन्दै नेकपा एकीकृत प्रवेश गरेको बताउनुभयो। नेता जोशीले एमालेको नीति र सिद्धान्त उचित नभएकोले एमालेको केन्द्रिय कमिटीबाट राजीनामा दिएको स्पष्ट पार्नुभयो।नेकपा एमालेबाट नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका नेता जोशीलाई पार्टीका अध्यक्ष माधव कुमार नेपालले स्वागत गर्नुभएको थियो । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार