देशको शिक्षा नीति परिवर्तन गर्नुपर्छ : सुनिता बराल

काठमाडौँ । नेकपा (एमाले)निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।बिहीबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष बरालले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षा जीवनपयोगी नभएको भन्दै विद्यालय तहको शिक्षा जीवनपयोगी र विश्वविद्यालय तहको शिक्षा विषय विज्ञ उत्पादन गर्ने गरी नीति बनाउनुपर्ने बताउनुभयो ।

स्थानीय तहहरुले आफ्नो स्रोत र साधन प्रयोग गरी स्थानीय आवश्यकतालाई ध्यान दिइ विषय बनाउनुपर्नेमा जोड दिनुभयो। अब हामीले हाम्रो नीतिहरुमा परिवर्तन गर्नुपर्छ । राष्ट्रिय शिक्षा नीतिअनुसारका विश्वविद्यालयमा भएका कार्यक्रमहरु छन् । १२ कक्षा अध्ययन सकरे बाहिर आएको विद्यार्थी आफ्नो जीवन बाँच्न सक्ने विश्वासका साथ निस्किन्छ कि निस्किँदैन हाम्रो सबैभन्दा ठुलो चुनौतीको विषय यो हो ।

आफ्नो स्थानीय स्रोत, साधन झल्किने गरी पालिकाले शैक्षिक नीति निर्माण गर्नुपर्छ,” उहाँले भन्नुभयो,“शैक्षिक क्यालेन्डरलाई चुस्त दुरुस्त बनाउँदै विद्यालय शिक्षा जीवनोपयोगी शिक्षा र विश्वविद्यालय शिक्षा विज्ञ उत्पादन बनाउने शिक्षा बनाउनु चुनौती र आवश्यकता बनेको छ । शिक्षा क्षेत्रमा बजेट बढाउनुपर्छ । विश्वविद्यालयहरुलाई प्रविधिमैत्री बनाउनुपर्छ ।”उहाँले विद्यार्थी संगठनहरुले काम गर्ने शैली परिवर्तन गर्नुपर्ने पनि बताउनुभयो । समय फेरिएको उल्लेख गर्दै उहाँले परिवर्तित समयानुकूल संगठनले भूमिका र कार्यशैली बदल्नुपर्ने बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार