सडक अवरुद्ध

बेनी । आइतबार रातिदेखी परेको अविरल बर्षातका कारण म्याग्दीको बेनी–दरबाङ लगायत गामिण सडकहरु अबरुद्ध भएका छन् । बर्षातका कारण धलागिरी ,मालिका र मंगला गाउँपालिकालाई सदरमुकाम बेनीसंग जोड्ने बेनी–दरबाङ सडक खण्ड अन्तर्गत मालिका गाउँपालिका वडा नम्बर ६ बाङ्गे पहिरो र बेनी नगरपालिका–४ र मंगला गाउँपालिकाको सिमाना स्थित फापरखेतको घुमाउनेमा खसेको पहिरोका कारण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा दशैंमा आफन्तकहाँ टिका थाप्न जाने र फर्कने सर्वसाधरणलाई गन्तव्यमा पुग्न समस्या भएको छ । साथै काम विशेषले हिँडेकाहरु पनि गन्तव्यमा पुग्न नसकेर समस्यामा परेका छन् । बेनीर–जोमसोम सडक खण्ड अन्तर्गत काभे्रमा समयस्या देखिएपछि मर्मत गर्दै आवतजावत गर्ने व्यवस्था मिलाइएको जिप्रका म्याग्दीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार