मोनाको चौथो महाधिवेशनको तयारी पूरा

बेनी । संसारभर छरिएका म्याग्दीलिहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको कार्तिक २ र ३ गते बेनीमा हुने चौथो महाधिवेशनको तयारि पूरा भएको महाधिवेशन संयोजक मिम पुर्जाले जानकारी दिनुभयो । उहाँका अनुसार उद्घाटनको अवसरमा बेनीमा साँस्कृतिक झाँकी सहितको र्‍याली समेत हुनेछ । मंगलबार जिसस सभाहलमा हुने महाधिवेशनको उद्घाटन प्रतिनिधि सभाका सदस्य भुपेन्द्र थापाबाट हुने आयोजकले जनाएको छ। सम्मेलनमा चर्चित कलाकार कुमार पुन, नेशन पुन लगायतका स्थानीय कलाकारको प्रस्तुती हुने छ ।

अधिवेशनमा भौतिक र भर्चुअल गरि २० देशका २६१ जना प्रतिनिधिहरूले सहभागिता जनाउने छन् । अधिवेशनले आगमी कार्यकालका लागि नयाँ नेतृत्व चयन पनि गर्ने छ ।आगमी नेतृत्वको दावी गर्दै मोना समितिका वर्तमान वरिष्ठ उपाध्यक्ष मीम पुर्जा, उपाध्यक्ष अमर छन्त्याल र महासचिव विक्रम कार्की सहित तीन जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । पुर्जा नेदरल्याण्ड,छन्त्याल अमेरिका र कार्की कतारमा कार्यरत हुनुहुन्छ ।

कोरोना महामारीको जोखिमका कारण कतिपय देशमा रहेका मोनाका शाखा मार्फत प्रतिनिधिहरु आउन सम्भव नभएपछि भौतिक र अनलाइन मार्फत सहभागीता जनाउन पाउने व्यवस्था मिलाइएको मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका अध्यक्ष ओमनारायण जुग्जालीले बताउनुभयो । मोनाले जिल्लाको आर्थिक, सामाजिक र मानविय सेवामा महत्वपुर्ण योगदान पु¥याउँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार