सुदूरपश्चिममा मौसम खराब, उद्धारका लागि आएको हेलिकप्टर विमानस्थलमै

धनगढी । सुदूरपश्चिममा बाढीमा फसेकाहरूको उद्धार गर्न आएको हेलिकप्टर धनगढी विमानस्थलमै अवतरण गरेको छ। खराब मौसमका कारण कञ्चनपुर, बैतडी र कैलालीका विभिन्न स्थानमा नदीमा फसेकाको उद्धार गर्न सकिएको छैन।

अहिलेसम्म बैतडीका ६०, कञ्चनपुरका ५ र कैलालीका २ जना उद्धारको पर्खाइमा छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार भिजिविलिटी कम भएकोले उद्धारमा असहज भएको हो।उनले मौसम सुधार हुनासाथ हेलिकप्टर कञ्चनपुरका ५ जनाको उद्धार गर्न जाने बताउनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार