एमसीसी देशको हितमा छ : प्रधामन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्नुपर्ने बताउनुभएको छ । एमसीसी अमेरिकाले दिएको विकास अनुदान भएकाले यो नेपालको हितमा रहेको उहाँको भनाइ छ ।

वर्तमान संयुक्त सरकारले १०० दिन पूरा गरेको सन्दर्भमा गोरखापत्र दैनिकलाई दिएको विशेष अन्तर्वार्तामा प्रधानमन्त्री देउवाले भन्नुभएको छ ,“एमसीसी नेपाललाई दिइएको ग्रान्ट हो । ब्याजमा होइन यो । ऋण होइन, अनुदान हो । केही तत्व छन् नेपामा, तिनले एमसीसीको नाममा बखेडा गर्न खोजेका छन् । त्यसैले एमसीसी विशुद्ध नेपाको हितमा छ ।”

प्रधानमन्त्री देउवाले वर्तमान सरकारलाई सम्मानित सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको समेत बताउनुभएको छ । सर्वोच्च अदालतले संविधानको व्याख्या गरेर प्रधानमन्त्री बनाउन परमादेश र प्रतिनिधिसभाको १६५ जान सांसद्को विश्वास प्राप्त गरेर जनादेश पाएको उहाँले स्पष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री देउवाले भन्नुभएको छ,“सम्मानि सर्वोच्च अदालतले संविधानको व्याख्या गरेर मलाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो । यो सरकार परमादेशका साथै जनादेशबाट बनेको हो । मेरो नेतृत्वको सरकारलाई विश्वासको मत दिँदा १६५ सांसद्को समर्थन प्राप्त भएको छ । सरकारलाई राम्रो बहुमत प्राप्त छ । त्यसैले यो सरकार परमादेशको मात्रै नभइ जनादेश प्राप्त सरकार हो ।”

प्रमुख प्रतिपक्षि दल नेकपा (एमाले)ले वर्तमान सरकारलाई ‘परमादेशबाट बनेको सरकार’ भनेर आलोचना गर्दै आएको छ ।कोरोना संक्रमण अन्त्य भएर मुलुक विस्तारै लिकमा फर्किएको बताउँदै प्रधानमन्त्री देउवाले अब संविधान सुरक्षित भएको दाबीसमेत गर्नुभएको छ । अब मुलुक राजनीतिक स्थिरतातर्फ उन्मुख भएको बताउँदै प्रधानमन्त्री देउवाले समयमै तीन तहको निर्वाचन गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार