बाढी–पहिरोबाट मुत्यु भएकाहरुको परिवारलाई २५ हजार दिने काँग्रेसको घोषणा

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले बाढी–पहिरो र डुबानमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार रूपैयाँ दिने घोषणा गरेको छ । काँग्रेसको बाढी–पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले २५ हजारका दरले आर्थिक सहयोग दिने घोषणा गरेको हो । समितिका संयोजक तथा काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतद्वारा जारी विज्ञप्ति मृतकका परिवारलाई २५ हजार राहत उपलब्ध गराउने उल्लेख छ ।

बाढी–पहिरो पीडितको उद्दार तथा राहतमा जुट्न पनि संयोजक बस्नेतले आग्रह गर्नुभएको छ । साथै उनले सरकार सम्बन्धित निकाय, गैर सरकारी संस्था, स्वदेश तथा विदेशमा रहेका सहयोगी मनलाई सहयोगका लागि अनुरोध पनि गर्नुभएको छ ।यस्तै काँग्रेस केन्द्रीय समिति सदस्य तथा समितिका सचिव किरण गिरीले काँग्रेस जनताको सुख–दुःख र संकटमा निरन्तर साथ हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार