
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ३१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ८ सय १७ जना निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म ७ लाख ८६ हजार ६ सय ३० संक्रमित निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ५९ रहेको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४५ पुगेको छ ।