आज सर्वोच्चको फुलकोर्ट, १४ न्यायाधीशहरु नजाने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि फुलकोर्ट बैठक बोलाउनुभएको छ। जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा फुलकोर्ट बोलाउनुभएको हो। जबराले बोलाएको फुलकोर्टलाई असन्तुष्ट १४ न्यायाधीश अनुपस्थित भएर बहिस्कार गर्ने घोषणा गरिसक्नुभएको छ ।

मन्त्रिपरिषदमा भागवण्डा लिएको, पेसी प्रणाली परिवर्तन गर्न अस्वीकार गरेको आरोप जबरामाथि छ । यसअघि आइतबार प्रधानन्यायाधीशबाहेकका न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो । एक न्यायाधीशले आइतबार बसेको १४ न्यायाधीशको बैठकले आजको फुलकोर्टमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको बताउनुभयो ।

बारसँगको छलफलमा आफूले गल्ती गरेको ठाउँमा माफी माग्न तयार रहेको प्रधानन्यायाधीश जबराले बताएपनि सर्वोच्चकै १४ न्यायाधीशहरु उहाँको विपक्षमा देखिएका छन् ।यसैबीच न्यायाधीशहरूको बैठक आज बिहान ११ बजे फेरि बस्दैछ । यद्यपि, न्यायाधीशहरूले इजलास भने बहिस्कार नगर्ने जनाएका छन । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार