न्यायालयले कार्यपालिकासँग भागवन्डा खोज्नु व्यवस्थामाथिकै खतराः यादव

सिरहा । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले न्यायपालिकाले कार्यपालिकासँग भागवन्डा खोज्नु दुर्भाग्यपूर्ण रहेको बताउनुभएको छ।

सिरहाका पत्रकारसँग दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेता यादवले न्यायालयका नेतृत्वले व्यवसायिक मर्यादाको पराकाष्टा नाघेको बताउनुभयो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्ररणप्रति इंगित गर्दै उहाँले यसखालको हर्कतले लोकतन्त्र खतरामा पर्ने संकेत दिइरहेको बताउनुभयो । न्यायपालिकाले व्यस्थापिका र कार्यपालिकाभन्दा पर रहेर काम गर्नुपर्नेमा भागवन्डाको खेलमा लाग्दा व्यवस्थामाथिकै खतरा भएको उहाँले बताउनुभयो ।

नेता यादवले राजनीतिक दलमा राजनीतिक आचरण कमजोर हुँदै गएको बताउनुभयो । पार्टीभित्र पनि लोकतन्त्रको सही अभ्यास हुन नसकेको भन्दै यस्तै अवस्था रहे व्यवस्था नै धरापमा पर्न सक्ने उहाँले बताउनुभयो । ‘हामीले हाम्रो नीति, सिद्धान्त र विचारलाई व्यहारमा उतार्न सकेनौँ भने यो व्यवस्था नै धरापमा पर्न सक्छ, गणतान्त्रिक लोकतन्त्रलाई सही मानेमा प्रयोग गर्न सबैको भूमिका आवश्यक छ,’ उहाँले भन्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार