
गोरखा । दसौँ महाधिवेशन अन्तरगत नेकपा एमालेको ९ वटा पालिकामा नयाँ नेतृत्व चयन भएको छ । ११ स्थानीय तह रहेको गोरखामा चुमनुब्री र सहिद लखन गाउँपालिकाको अधिवेशन भने मंगलबार सुरु भएन । मंगलबार तयारी नपुगेर सरेको सहिद लखन गाउँपालिकाको अधिवेशन कात्तिक ११ गते गर्ने तय भएको नेकपा एमाले पाटी कार्यालयका सचिव कृष्ण कुँवरले बताउनुभयो ।
विकट भूगोलका कारण चुमनुव्री गाउँपालिकाको अधिवेशन निर्धारित समयमा सुरु गर्न नसकिएको कुँवरले बताउनुभयो। पालिकासँगै चुमनुब्रीको सात वटा वडाको अधिवेशनको मिति छिट्टै तय हुने उहाँले बताउनुभयो । ९४ वडा रहेको गोरखामा चुमनुब्री गाउँपालिकाबाहेक ८७ वडा तहको अधिवेशन सकिएको छ । मंगलबार नौ वटा पालिकामा भने सर्वसम्मत रूपमा गाउँ कमिटी सर्वसम्मत चयन भएका छन् ।
गोरखा नगरपालिकाको अधिवेशनले देवीवहादुर बस्नेतको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटि सर्वसम्मत चयन गरेको छ । गोरखा नगरपालिका नगरकमिटीको उपाध्यक्षमा राजेन्द्र तिवारी,सचिव शभ्भु थापा, उपसचिवमा मानबहादुर राना र कृष्णबहादुर विक चयन भएका छन् । पालुङटार नगरपालिकामा वसन्तकुमार श्रेष्ठको अध्यक्षतामा ६४ सदस्यीय नगर कमिटी गठन भएको छ । पालुङटारको उपाध्यक्षमा दीपक अधिकारी, सचिवमा प्रकाश न्यौपाने, उपसचिवमा नारायण बोगटी र राममाया राना चयन भएका छन् ।
धार्चे गाउँपालिकामा सुकबहादुर घलेको अध्यक्षतामा कमिटी चयन भएको छ । उपाध्यक्षमा धनकुमार घले, सचिवमा राम गुरुङ, उपसचिवमा रमेश गुरुङ र वीरबहादुर गुरुङ चयन भएका छन् ।गण्डकी गाउँपालिकामा विष्णु पन्तको अध्यक्षतामा ३१ सदस्यीय गाँउ कमिटी निर्विरोध चयन भएको छ । गण्डकीको उपाध्यक्षमा इन्द्रबहादुर विक, सचिवमा भीमलाल श्रेष्ठ, उपसचिवमा लीलाबहादुर पाण्डे र विमला चेपाङ सर्वसम्मत चयन भएका छन् ।
सिरानचोक गाउँपालिकामा विराज गुरुङको अध्यक्षतामा गाउँ कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा मोहन शाही,सचिवमा ज्ञानराज गुरुङ र उपसचिवमा शिव पोखरेल चयन भएका छन् । भिमसेन थापा गाउँपालिकामा सुजन सिंखडाको अध्यक्षतामा कमिटी चयन भएको छ । जसको उपाध्यक्षमा नवराज पोखरेल, सचिवमा हरि सिम्खडा र उपसचिवमा कमल भट्ट र निलप्रसाद खनाल चयन भएका छन् ।
बारपाक सुलिकोट गाउँपालिकामा मंगलबार भएको अधिवेशनले हरि बस्नेतको अध्यक्षतामा गाउँ कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा खेम घले, सचिवमा सुजन गुरुङ र उपसचिवमा हरिकुमार श्रेष्ठ चयन भएका छन् ।अजिरकोट गाउँपालिकामा लीलाबहादुर सुनारको अध्यक्षतामा कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।
जसको उपाध्यक्षमा सिंहबहादुर तामाङ, सचिवमा शर्मिला तामाङ र उपसचिवमा शेरबहादुर गुरुङ र कमल भट्ट चयन भएका छन् ।आरुघाट गाउँपालिकामा मेनबहादुर अधिकारीको अध्यक्षतामा गाउँ कमिटी चयन भएको छ । आरुघाटको उपाध्यक्षमा राजेन्द्र राना, सचिव सूर्य दाहाल, उपसचिव सिरवल वराम र प्रेम गुरुङ चयन भएका छन् । वडा र पालिका अधिवेशनबाट युवा नेतृत्व तहमा आएको कार्यालय सचिव कुँवरले बताउनुभयो । ekantipurबाट