
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृह जिल्ला चितवनमा हुनुहुन्छ । चितवनका विभिन्न ठाउँमा आयोजित पार्टीका कार्यक्रमलाई उहाँले सम्बोधन गर्नुभएको छ भने नेता तथा कार्यकर्ता भेटघाटसमेत गरेका छन्।
यसैबीच प्रचण्ड आज भरतपुर महानगरले आयोजना गरेको शुभकामना आदानप्रदानमा पनि सहभागी रहनुभएको थियो । उहाँले त्यहाँ नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताप्रति भने असन्तुष्टि पोख्नुभएको थियो। ुशेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन ठूलो मेहनत गरें, चितवनका कांग्रेस खुसी होलान् भन्ठानेको त प्रचण्ड, रेनुलाई लखेट्छौं भन्ने गरेका रहेछन्,’ प्रचण्डले भन्नुभयो।
केही समयअगाडि चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठले माओवादीसँग तालमेल नगरिने बताउनुभएको थियो भने आफूहरूले भरतपुर महानगरको मेयरमा रेनुलाई जिताए पनि सन्तोषजनक काम गर्न नसकेको बताउनुभएको थियो । सभापति श्रेष्ठप्रति लक्षित गर्दै प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाउन मेहनत गर्दा चितवन कांग्रेस खुसी भए भन्ने ठानेकोमा उल्टै लखेट्छौं भन्ने गरेको बताउनुभयो। सेतोपाटीबाट