बार आन्दोलन : सुरक्षा व्यवस्था कडा, परिचय–पत्र विना प्रवेश निषेध

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन घोषणा गरेको छ । नेपाल बारले प्रधानन्यायाधीश जबराले पदबाट राजिनामा दिनु पर्ने माग राख्दै बारले आन्दोलन घोषणा गरेको हो । न्यायालयभित्रको विकृति, विसंगति, भ्रष्ट्राचार विरुद्धको नेपाल बारको अभियान भन्दै बारले आन्दोलन गरेको हो ।

प्रधानन्यायाधीश विरुद्ध सर्वोच्चको न्यायाधीशहरुले पनि आन्दोलन गरि रहेको छ । प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भागबन्डा खोजेकोभन्दै न्यायालय पछिल्लो समय विवादित बन्दै आएको छ । न्यायाधीशहरु र नेपाल बार एसोसिएसनले यसको विरोध गर्दै विभिन्न चरणमा प्रधानन्यायाधीशसँग छलफल गरिसकेको छ । न्यायाधीश र बार एसोसिएसनले प्रधानन्यायाधीशलाई राजिनामा दिन माग गरेको थियो ।

तर, प्रधानन्यायाधीशले आफूसहित अन्य न्यायाधीशलेसमेत राजिनामा दिन भनेपछि न्यायाधीशहरु थप आक्रोसित बनेका छन् । त्यस्तै अहिले नेपाल बार परिसरमा वकिलहरु जम्मा भएर हातमा कालोपट्टी लगाएर आन्दोलन गरिरहेका छन् । बार परिसरमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले कालोकोट लगाउनेहरुलाई गेटबाट परिचयपत्र चेकजाँज गरेर मात्र भित्र छिर्ने व्यवस्था गरेको छ । केही दिन अगाडि मात्र वकिलहरुको बार परिसरमा हानाहान भएको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार