न्यायपालिका खतरामा परेको अनुभव भएको छ : ढुंगाना

काठमाडौं । पूर्वसभामुख वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले संविधानले परिकल्पना गरेका संस्थाहरु बिटुलिन थालेकाले शुद्धीकरण अभियान शुरु गरेको बताउनुभएको छ ।

आइतबार नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै शुरु गरेको धर्नामा सहभागी हुनुभएका उहाँले अहिले न्यायपालिका खतरामा रहेको अनुभव भएको बताउनुभयो । ुसंविधानले निर्माण गरेका संस्थाहरु संविधानको अपेक्षा बमोजिम चलेका छैनन्, नेतृत्वमा भएकाहरुले कानुन र आचारसंहिता बमोजिम काम गर्न सकेका छैनन्’ उहाँले भन्नुभयो, ‘न्यायपालिका खतरामा रहेको अनुभव भएको छ ।’

आफूहरुले न्यायालयबाट शुद्धीकरण अभियान शुरु गरेको भन्दै वरिष्ठ अधिवक्ता ढुंगानाले आफूहरुको मुख्य उद्देश्य संविधान र प्रजातन्त्रको रक्षा गर्ने रहेको बताउनुभयो । ‘न्यायलय मात्र होइन संविधानमा परिकल्पना गरेका संस्थाहरु विटुलिन थालेका छन् । त्यसको शुद्धीकरणका लागि न्ययालयबाट शुरु गरेका छौं’ उहाँले भन्नुभयो । यो शुद्धीकरण अभियान बीचैमा नछाड्ने पनि वरिष्ठ अधिवक्ता ढुंगानाले बताउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार