बालकोटमा ‘म्याउ’ गर्दैमा माओवादी समाप्त हुँदैन : वाइसीएल संयोजक देवकोटा

मकवानपुर । नेकपा माओवादी केन्द्रको युवा संगठन ‘वाइसीएल’ नेपालका संयोजक सुमन देवकोटाले जनताको दुःख पसिनाबाट निर्माण भएको पार्टी कसैको सानो प्रयासबाट समाप्त नहुने बताएका छन् ।

आइतबार हेटौंडामा आयोजित वाइसीएल हेटौंडा उपमहानगरपालिकाको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै उहाँले केपी ओलीको धोका र भाषणको भरमा माओवादी समाप्त नहुने बताउनुभएको हो । ‘बालकोटमा बसेरा म्याउ गर्दैमा माओवादी समाप्त हुँदैन । माओवादी जनताको बलिदानबाट जन्मेको पार्टी हो, इतिहास ताजा नै छ । त्यसैले धोका गरेर माओवादीलाई समाप्त पर्ने सपना नदेखे हुन्छ,’ उहाँले भन्नुभयो ।

माओवादी केही हैन भन्नेहरुको अब धेरै दिन नरहेको र माओवादीलाई नजिस्काउन पनि उहाँले चेतावनी दिनुभयो । माओवादी एउटा शक्ति हो भन्दै संयोजक देवकोटाले माओवादी र प्रचण्डले संघर्ष गरेर ल्याएको संविधान, संघीयता, गणतन्त्र र जनमत मास्न खोज्दा प्रतिगमनकारी केपी ओलीको हालत हेरेरमात्र माओवादीको शक्ति अनुमान गर्नुपर्ने उहाँले बताउनुभयो ।

‘हिजो कसैलाई बोल्ने छुट थिएन, माओवादीको संघर्ष र लडाईबाट सबै नेपालीमा आज स्वतन्त्र रुपमा बोल्ने अधिकार प्राप्त भएको छ,’ उहाँले भन्नुभयो । उहाँले सरकारमा रहँदा व्यवस्थापन मिलाउन नसक्दा माओवादीलाई धेरै घाटा भएको तर अब त्यस्तो गल्ती माओवादीबाट कदापि नहुने बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार