नेकपा माओवादी केन्द्रः आज ७५३ स्थानीय तहमा सम्मेलन

काठमाडौं । सत्ता घटक नेकपा (माओवादी केन्द्र) लाई पनि आन्तरिक चुनाव लागेको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले १०औँ महाधिवेशनको उद्घाटन नै गरिसकेको र सत्तासीन नेपाली कांग्रेस जिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवादी केन्द्रले पनि पालिका सम्मेलन थालेको हो ।

माओवादी केन्द्रले तत्कालीन नेकपा विभाजनपछि पहिलो पटक राष्ट्रिय सम्मेलन गर्न लागेको हो । आज ७५३ वटा स्थानीय तहमा अधिवेशन गर्ने भएको छ। त्यसबाहेक सम्पर्क समन्वय समिति र विशेष समितिको पालिकास्तरीय सम्मेलन पनि हुँदैछ ।

सम्मेलनको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अपराह्न १ बजे भर्चुअल’ माध्यमबाट सम्बोधन गर्ने छन् । माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले सम्मेलनबाट प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन हुने बताउनुभयो । प्रदेश सम्मेलन २५ मंसिरमा हुनेछ ।माओवादीले ११–१३ पुसमा राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार