
विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापतिमा उठ्ने घोषणा गर्नुभएको छ । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले आसन्न नेपाली कांग्रेसको १४ औं महाअधिवेशनमा पार्टी सभापतिमा उठ्ने घोषणा गर्नुभएको हो ।
कोइराला परिवारबाट एक जनामात्रै उमेद्वार उठाउन आफुले प्रयास गरे पनि त्यो प्रयास सफल नभएका कारण सभापतिमा उठ्ने निर्णय गरेको बताउनुभयो। ‘एएकना उमेद्वार बनाउँ भन्दा कोहि मान्नु भएन त्यसैले मैले पनि सभापतिमा लड्ने निर्णय गरेकी छु’ कोइरालाले भन्नुभयो।
उहाँले सबैले घोषणा गर्दै हिंडेकाले आफू पनि पछि नहट्ने स्पष्ट पार्नुभयो । उहाँले गिरिजाप्रसाद कोइरालाले जसरीनै विपिको विचारलाई अगाडि बढाउने नेतृत्व आबश्यक भएकाले आफूले उमेद्वारी घोषणा गरेको स्पष्ट पार्नुभयो। उहाँले सभापतिमा महिला उठ्न लागेका कारण सबैले सपोर्ट गर्ने उहाँले दाबी पनि गर्नुभयो ।
कोइरालाले भन्नुभयो ‘काँग्रेसका पहिलोपटक महिला सभापतिमा उठ्न लागेकाले सबैको सहयोग पाउँनेमा आशावादी छु।’ कोइरालाले अहिलेको अस्थिरता हेर्दा चाँडो निर्वाचनमा जानुको विकल्प आफुले नदेखेको उहाँले बताउनुभयो। कोइरालाले न्यायपालिका विवाद राम्रो संकेत नभएको टिप्प्पणी गर्नुभयो। न्यायपालिकालाई स्वतन्त्र र विवाद रहित नबनाए प्रजातन्त्र कमजोर हुने उहाँले बताउनुभयो । nagariknews.nagariknetworkबाट