प्रदेश १ मा राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी पेस

विराटनगर । प्रदेश १ को विपक्षी गठबन्धनका दलहरूले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी गर्दै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन्।

प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठन गर्न मंगलबार दिउँसो १ बजेसम्मको समय दिएलगत्तै विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष नयाँ सरकार गठन गर्नका लागि आजै दाबी पेस गरेको हो। विपक्षी गठबन्धनमा आबद्ध राजनीतिक दलका नेताहरू भर्खरै प्रदेश प्रमुखको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका हुन्।

विपक्षी गठबन्धनले ४९ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेस गरेको हो। नयाँ सरकार बनाउन नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन्।नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपसभामुख सरस्वती पोखरेल मातृशोकमा काठमाडौंमा रहेकाले हस्ताक्षर नगरेकी हुन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार