सर्वदलीय बैठकमार्फत् सर्वोच्चमा देखिएको संकटको निकास दिनुपर्छ : नैनसिंह महर

काठमाडौँ । नेपाली काँग्रेसका नेता नैनसिंह महरले सर्वोच्च अदालतमा देखिएको समस्याको सर्वदलीय बैठकबाट निकास दिनुपर्ने बताउनुभएको छ । उहाँले न्यायालयमा देखिएको विवादले लोकतन्त्रलाई नै समस्यामा पार्न सक्नेतर्फ सचेत गराउँदै सर्वदलीय बैठकबाट निकास दिनुपर्ने बताउनुभएको हो ।

काँग्रेस शंखरापुर नगरपालिका–४ द्वारा सोमबार आयोजित चियापान कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षसमेत रहेका महरले सर्वोच्च अदालतको संकट लम्ब्याउन नहुने बताउनुभयो । महरले भन्नुभयो, ‘सर्वोच्च अदालतमा लामो समयदेखि जुन खालको विवाद देखिएको छ, यो लम्बिनुहुन्न । यसको निकासका लागि तत्काल सर्वदलीय बैठक बस्नुपर्छ ।’

उनले स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड भएको भन्दै काँग्रेसले न्यायालयमा देखिएको संकट समाधान गर्न अग्रसरता लिनुपर्ने बताउनुभयो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले कार्यपालिकासँग स्वार्थपूर्ण लेनदेन गर्न खोजेको आरोप छ । सर्वोच्चका अधिकांश न्यायाधीशहरु प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएका छन् । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएनलगायतका संघसंस्थाहरू पनि प्रधानन्यायाधीशको विरुद्धमा आन्दोलनमा छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार