प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त हुनुभएको छ । पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सचिव एवं प्रदेश सभा संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले (प्यासी)मुख्यमन्त्री नियुक्त गरेको उहाँका स्वकीय सचिवले बताउनुभएके छ ।

भीम आचार्यले हिजो सोमबार राजीनामा दिएपछि प्रदेश प्रमुख अधिकारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो । मुख्यमन्त्री राईको शपथ आजै दिउँसो ३ बजे हुने भएको छ । राईले चार पार्टीबाट एक–एक जना मन्त्रीलाई शपथ खुवाउने तयारी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार