न्यायालयको समस्या त्यहींबाट समाधान होस् : कानूनमन्त्री बडु

काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायपालिकाभित्र देखिएको समस्या न्यायपालिकाले नै समाधान गरोस् भन्ने आफूहरुको चाहना रहेको बताउनुभएको छ ।

मंगलबार नेपाल पत्रकार महासंघले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले न्यायालयको समस्या त्यहीँभित्रैबाट समाधान हुनुपर्ने बताउनुभएको हो ।न्यायपालिकामाथि जनताको आस्थामा कमी आउन हुँदैन भन्ने पक्षमा आफूहरु रहेको भन्दै मन्त्री बडुले जनताको न्याय पाउने अधिकारलाई न्यायालयले सम्मान गर्नुपर्ने बताउनुभयो ।

पछिल्लो केही दिनयता सर्वोच्च अदालतका न्यायाधीश, नेपाल बार एशोसिएसन, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश लगायत कानुन क्षेत्रका विभिन्न व्यक्ति र संस्थाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन दबाब दिएका छन् । प्रधानन्यायाधीशले मन्त्रिपरिषद र संवैधानिक आयोगहरुमा भागवण्डा लिएको, न्यायपालिकामा देखिएका समस्या समाधान गर्न नसकेको भन्दै उहाँको राजीनामा माग गरिएको छ । तर न्यायपालिकामा देखिएको समस्याबारे राजनीतिक दल र सरकारले मुख खोलेका छैनन् । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार